आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको लागि अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको विक्री वितरण नियन्त्रणका लागि अनुगमन गरिएको छ । बिहिवार नगर क्षेत्रमा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने ल्याक्टोजन, हर्लिक्स, स्यारलेक्स, बोनभिटा लगायतका सामग्री खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुमति नलिई जथाभावी विक्री वितरण ...

उद्यमशिलता विकास तालिम सुरू

पथरी । पथरी शनिश्चरे वडा नं. १० मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम उद्यमशिलता विकास तालिमको उद्घाटन गरिएको छ । सोमबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले तालिमको उद्घाटन गरेका छन् ।  कार्यक्रममा प्रमुख तुम्वापोले भने–‘तालिमको लागि तालिम मात्र नहोस्, तपाईहरु तालिम पश्चात् व्यवसायी भएको हेर्न र देख्न पाउ सहभ...

बालबालिका तथा खेलाडी लक्ष्यित दुर्घटना बिमा सुरू

सखुवारा। मोरङको पथरी शनिश्चरे ८ मा बालबालिका तथा खेलाडी लक्ष्यित दुर्घटना बिमा कार्यक्रम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिकामा सरकारीस्तरबाट पहिलोपटक वडा नम्बर ८ को कार्यालयले सो कार्यक्रम सुरू गरेको हो । आजसम्म ३ सय ५४ जना बालबालिका तथा खेलाडीहरुको दुर्घटना बिमा भएको छ भने भोलि (बैशाख १७ गते) पनि वडा कार्यालयमा ब...

राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम

पथरी । राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको सुक्ष्म योजना तथा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ‘समयमै पहिचान, सही उपचारः कुपोषण मुक्त पुस्ताको आधार’ भन्ने मूल नाराका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरका स्वास्थ्यकर्मीहरुको उपस्थिति रह...

`भुटानी शरणार्थी संग्राहलय’ को लागि छलफल आह्वान

पथरी  । नगरको पहिचान र इतिहाससँग जोडिएको भुटानी शरणार्थी व्यवस्थापनको पाटोलाई संरक्षण गर्ने हेतुका साथ एउटा महत्वपूर्ण पहल सुरु गरिएको छ । वैशाख १७ गते बिहिबार भुटानी शरणार्थी संग्रहालय निर्माणका लागि छलफल आह्वान गरिएको हो । पथरी शनिश्चरे नगरपालिकामा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली भाषी भुटानी शरणार्थीहरूको इत...

आईटी स्रोत शिक्षकहरुको क्षमता विकास तालिम

पथरी । शिक्षा, युवा तथा खेलकुद शाखा पथरी शनिश्चरे नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत आईटी स्रोत शिक्षकहरुको पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । पञ्चायत माध्यमिक विद्यालयमा वैशाख १० गतेदेखि सञ्चालन भएको तालिम सोमबार समापन गरिएको हो । समापन कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, शिक्षा, युवा तथा खे...

वडामा नागरिक सुनवाई

पथरी । इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे नगरपालिका वडा नं. ७  को कार्यालयमा एक दिने नागरिक सुनवाई अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। शुक्रबार वडा अध्यक्ष उद्धव बस्नेतको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले सामाजिक विकृ...

निःशुल्क योग शिविर सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ ले निःशुल्क योग शिविर आजदेखि सुरु गरेको छ। वडा नं. ७ को लामाटोलीमा अवस्थित गुम्बामा निःशुल्क योग शिविरको नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो । ‘योग गरौं, निरोगी बनौं’ भन्ने मूल नाराका साथ सुरु भएको शिविरमा वडा नं. ७ का वध्यक्ष उद्धवराज बस्नेत, व...

नगरमा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम 

पथरी । पथरी शनिश्चरे नगरपालिकामा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ । सबै वडाहरूमा क्याम्प सञ्चालन गरी बालबालिकालाई स्वयंसेविकाहरुले औषधि खुवाइएको छ । वैशाख ६ र ७ गते सञ्चालन हुने उक्त अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बाल...

स्थानीय प्राइभेट पाराभेट प्राविधिकसँग अन्तरक्रिया

पथरी ।  पशुपंक्षी तथा मत्स्य विकास शाखा, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा स्थानीय प्राइभेट पाराभेट प्राविधिकसँग अन्तरक्रिया गोष्ठी तथा समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नगर पशु अस्पताल(पथरी शनिश्चरे-३)मा भएको कार्यक्रममा स्थानीय प्राइभेट पारामेट प्राविधिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नं. ...