ललितपुर । साहित्यकार पुष्पहाङ लोवाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ । शनिबार याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लच्छामीकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले ललितपुरमा आयोजित समारोहमा सो कथासंग्रह सार्वजनिक गरेका हुन् ...






