मुसुक्क हाँस्दै बजार झर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो ! कतै अचानक ओझेल पर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो ! समीप आयौ घसेर लाली अधर दबाई हिया पगाल्न लजाई आफैं भुतुक्क मर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो।। नशालु देख्छु नयन असाध्यै छ मन्द मुस्कान् कटक्क पार्ने लुकेर आभा सुवास छर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो।। हिजो...






