घरेलुु हिंसा न्यूनीकरण सम्बन्धि कार्यक्रम

पथरी । घरेलुु हिंसा न्यूनीकरणका लागि समुदायमा अभिमुखिकरण कार्यक्रम पथरी शनिश्चरे-७ वडा कार्यालयमा सम्पन्न भएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो। चन्द्रकिरातेश्वर माध्यमिक बिद्यालय, दुर्गा माध्यमिक बिद्यालय, बालकल्याण माध्यमिक बिद्यालयका विद्यार्थी तथा लक्ष्यित वर्ग समुदायका तीन दर्जन भदा...

नगरमा सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम

पथरी । सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ । शनिबार एभरेष्ट आमाविको सभाहलमा सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भएको सो कार्यक्रममा स्व. दिपेन्द्रराज तिम्सिनालाई मरणोपरान्त सम्मान गरे...

ब्यूटीसियन तालिम सम्पन्न

शनिश्चरे । ‘सिप सिकौं, स्वरोजगार बनौं’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे वडा नं. ९ को आयोजनामा ब्यूटीसियन तालिम सम्पन्न भएको छ । वडाको महिला लक्षित कार्यक्रम अन्तर्गत तालिममा सहभागीहरुलाई शुक्रबार प्रमाण पत्र वितरण गरिएको वडाध्यक्ष वीरबहादुर राईले जानकारी दिए ।...

प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा विप्लव घोष नियुक्त

विराटनगर । प्रदेश सरकारले कोशी प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्य सचिव पदमा विप्लव घोष नियुक्त भएका छन् । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले घोषलाई ४ वर्षका लागि पदमा नियुक्त गरेका हुन् । सामाजिक विकास मन्त्रालयद्वारा जारी नियुक्ति पत्र अनुसार, प्रदेश खेलकुद ऐन, २०७६ (पहिलो संशोधन अध्...

 सार्वजानिक सुनुवाई कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार नर्वदेश्वर मन्दिर परिसारमा आयोजित कार्यक्रममा वडाको आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म सञ्चालन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई गरिएको थियो । सार्वजनिक सुनुवाईका क्रममा अधिकांश वडावासील...

एडभान्स ब्युटी पार्लर तालिम सुरू

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा एडभान्स ब्युटी पार्लर तालिमको उद्घाटन भएको छ । वडाध्यक्ष लोककिरण न्यौपानेको अध्यक्षतामा तालिमको उद्घाटन भएको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडःपा) अन्तर्गत ३५ दिने एडभान्स ब्युटी पार्लर तालिम सुरु भएको हो । वडा नं. ४ का बेसिक तालि...

ब्यक्तिगत घटना शिविर सुरू

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले आफ्ना वडाका नागरिकहरुलाई सहजीकरणका लागि पारिवारिक कार्ड अध्यावधिक तथा ब्यक्तिगत घटना शिविर सुरु गरेको छ । वडाले टोल टोलमा गएर पारिवारिक कार्ड अध्यावधिक तथा ब्यक्तिगत घटना दर्ता (जन्मदर्ता, मृत्युु दर्ता, बसाईसराइ दर्ता, विवाह दर्ता, सम्बन्ध बिच्छेद दर्ता) गर्ने कार्य गरि...

उत्तर प्रसूति घरभेट कार्यक्रमको समीक्षा

पथरी । पथरी शनिश्चरे नगरपालिकामा उत्तर प्रसूति घरभेट (पी.एन.सी. होम भिजिट) कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा नगरका स्वास्थ्य अधिकृत एकराज खत्रीको अध्यक्षता र विष्लेषणमा सो कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी गरिएको हो । नगरका स्वास्थ्य शाखाकी सिनि...

वारिष्टा सिप तालिमको उद्घाटन

पथरी । लघु उद्यम विकास शाखा, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा वारिष्टा सिप तालिम सुरू भएको छ । बुधबार नगरपालिकाकी उप–प्रमुख देवीमाया काफ्लेको अध्यक्षतामा तालिमको उद्घाटन भएको हो । उद्घाटन पश्चात् उप–प्रमुख काफ्लेले तालिममा सहभागीहरुलाई पूरा दिन उपस्थित भएर तालिम लिई स्वरोजगार हुन अनुरोध गरिन् । गरिबी निवारणका लागि ...

कार्यालयद्वारा होमपाइप वितरण

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ को कार्यालयले होमपाइप वितरण गरेको छ । मंगलबार वडाको लामाटोली, सम्झना टोल, मुक्ति चौक, किराती चौक सोमबारे, क्रिएशन चौक र वडा कार्यालय आसपासमा होमपाइप वितरण गरिएको वडाध्यक्ष उद्धवराज बस्नेतले जानकारी दिए । होम पाइप वितरण गर्न वडा सदस्यद्वय नरेश राई, मनि लिम्बु र वडाका युवाहहरुको ...