आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशाला सुरू

पथरी । पथरी शनिश्चरेमा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशाला सुरू भएको छ । आइतबर पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको हो । तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रमको सभाध्यक्ष आयोजकका अध्यक्ष सबिन तामाङको रहेको थियो भने प्रमुख अतिथि वडा ...

मनसरा: हाम्रो समयको एउटा उत्कृष्ट फिल्म हो ।

दिदीले मनसरा हेर्ने मन गर्नुभयो । तेरो भेना जांदैन, म एक्लो छु भन्नुभयो । म पनि दोस्रो पटक हेर्ने सुरमा थिएँ । दिदी भाइको सल्लाह मिल्यो । मनसरा हाम्रो समयको एउटा उत्कृष्ट फिल्म हो । कवि उपेन्द्र सुब्बाले निर्देशन र लेखन गरेको मनसराले सुब्बालाई निर्देशकमा स्थापित गरेको छ । यस अगाडिको जारी उनको डेब्यु निर्देशन थियो । ...

चुक्मा मुकुमलुङमा युमाङ पुजा गरियो

पथरी। मोरङको पथरी शनिश्चरे-३ थोकफेक्ला पाङफेमा रहेको चुक्मा मुकुमलुङ माङथानले युमाङ पुजाआजा गरेको छ । स्थानीय २० घर परिवारले घरधूरी पाच सयको दरले सहयोग संकलन गरेर युमाङ पुजा गरिएको माङथानका अध्यक्ष सन्तकुमार फियाकले बताएका छन्। माङ्थानमा भाकल गरे पूरा हुने जनविश्वास स्थानीयबासीमा रहिआएको छ । स्थानीयहरुले विहानै भेला...

झापाको कमलस्थित तुम्देन् यकमा याक्वा पर्व मनाइने

दमक । किरात याक्थुङ चुम्लुङ कमल गाउँ शाखाको आयोजनामा यहि जेठ १० गते किरात लिम्बू/याक्थुङ जातिले मनाउँदै आएको उभौली पर्व यकवा तङनाम-५०८३ विशेष पूजाआजा अनुष्ठान सहित मनाउने भएको छ । जेठ ७ गते कमल-३ केर्खास्थित एसएम कफिसपमा बसेको गाउँ शाखाको बैठकले सो निर्णय गरेको हो । कियाचु जिल्ला सल्लाहकार सूर्यप्रसाद यक्पान्देन, जि...

स्थानीयवासी मुकुमलुङ माङथाना संरक्षणमा जुटे

पथरी। मोरङको पथरी शनिश्चरे-३ थोकफेक्ला पाङफेमा रहेको चुक्मा मुकुमलुङ माङथाना संरक्षण गर्न स्थानीयबासी जुटेका छन् ।मुन्धुमी पाङवादेन सावा हाङजङको थोक फेक्ला पाङफेमा रहेको देबी थानलाई चुक्मा मुकुमलुङ माङथाना मुन्धुमी नामाकरण गरेसँगै संरक्षणमा स्थानीयबासी जुटेका हुन् । गाउलेहरुको आर्थिक, भौतिक र  श्रम दान सहयोग मिलेपछि गत...

चलचित्र सुगुपको वर्ल्ड प्रिमियर शोको पोष्टर रिलिज

बिर्तामोड। प्रदेश प्रमुख परशुराम खापुङले लिम्बू भाषामा बनेको नेपाली कथानक चलचित्र सुगुप विर्तामोड झापाको पाथी चलचित्र घरमा हेरेका छन्। नुमाज बुटिकको आयोजना तथा किरात याक्थुङ चुम्लुङ विर्तामोडको सहआयोजनामा भएको चलचित्र प्रदर्शन समितिको निम्तोमा प्रदेश प्रमुखले चलचित्र हेर्न पुगेका हुन्।कार्यक्रममा प्रदेश प्रमुखले चलच...

पहिचानको सवालमा याक्थुङ युवाको भूमिका

विषय प्रवेश : नेपालमा केही वर्ष यता चलिरहेको पहिचान र अस्तित्वको मुद्धामा लिम्बु/याक्थुङ युवाहरूको ध्यान केन्द्रीकृत गरि छलफल बहस गर्नु अत्यन्तै राम्रो पक्ष हो । विशेष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको रूपमा स्थापित भइसकेपछि २०७२ सालमा जारी भएको संविधानले आदिवासी जनजातिहरूको पक्षमा व्यवस्था गरिएको संवैधानिक ह...

मोरङमा युमा साम्यो नेपाल किन जन्मियो?

पथरी । युमा साम्यो नामक अर्को सस्था स्थापना भएको छ । युमा साम्यो महासभा सुनसरीमा दर्ता भएर क्रियाशील छ । महासभा २०७४ माघ २२ गते स्थापना भयो । यता मोरङमा पनि युमा साम्यो नेपाल २०८० चैत्र २० गते जि. प्र. का. मा दर्ता भएको छ । विगत २०४८ बैशाख २९ गतेदेखि रनधोज सिरेङ चोङबाङ याक्थुङको अगुवाईम...

दमकका युवा विद्यार्थीहरु च्याब्रुङ नाच्न सिक्दै

दमक । ‘अस्तित्वसँगै संस्कृतिको उत्थान, मौलिकता जोगाउनको निम्ति के:लाङ प्रशिक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बिहिबारबाट के:लाङ(च्याब्रुङ नाच) प्रशिक्षण सुरु भएको छ । झापाको दमक स्थित किरात भवनमा याक्थुङ युुवा मञ्च दमक नगर कार्यसमिति र लिम्बू बिद्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस शाखा समितिको संयुक्त आयोजनामा क...

संचार विधेयकले समग्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिनेछ: राज्य मन्त्री गुरुङ

इटहरी । आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता गुरुङले प्रदेश सभाले ल्याउन लागेको संचार विधेयकले समग्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने दाबी गरेकी छिन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश समितिले इटहरीमा आयोजनामा प्रदेशस्तरीय महिला पत्रकार भेलालाई सम्बोधन गर्ने क्रममा उनलेे सो कुरा बताएकी हुन् ।...