भाषा कार्यान्वयनका लागि दाैडधूप जारी …

प्रदेश एकमा याक्थुङ(लिम्बु) भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गराउन बिहीबार मन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय नेताहरूसँग भेटेर कुरा राख्ने काम भयो । प्रदेश सरकारकाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम सार्वजनिक हुँदा त्यसको बुँदा नम्बर ९८ मा 'मैथिली र लिम्बु भाषाहरूलाई प्रद...

पञ्चायतमा वृक्षारोपण

पथरी । हाम्रो भूमि: हाम्रो भविष्य मूल उद्घोषका साथ पञ्चायत मावि पथरीले आज विश्व वातावरण दिवस मनाएको छ । साढे ४ हजार विद्यार्थी अध्ययनरत प्रदेशको नमुना मानिएको माविमा गत वर्षयता रोपिएका कैयौं वृक्षहरूको मलजल र संरक्षण गर्दै यसपटक सयभन्दा बढी नयाँ प्रजातिका विरुवाहरू रोपेर मानिएको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बत...

पथरीमा सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी बन्यो

पथरी । हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे २ मोरङमा सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी निर्माण भएको छ । बालबालिका र वयस्कलाई छुटाछुट्टै दुई वटा पौडी पोखरी निर्माण गरेको वनका अध्यक्ष काबुलबहादुर मगरले जानकारी दिए । जेठ २५ गतेदेखि पोखरी सर्वसाधारणका लागि खुल्ला गरिने उनको भनाई छ । बालबालिकालाई १ सय र वयस्कल...

सिमसार आर्थिक पार्जनको अवसर हो: मन्त्री उप्रेती

पथरी । पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती 'सुशील' ले सिमसार बाधक नभएर आर्थिक पार्जनको अवसर रहेकोे बताएका छन् । शुक्रबार सिमसार दिवसको अवसरमा शान्ति भुल्के सिमसार पथरीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उप्रेतीले सो कुरा बताएका हुन् । उनले भने, `सिमसार बाधक मात्र होइन, यो आर्थिक पार्जनको अवसर पनि ह...

स्वीमिङ पुललगायतको पूर्वाधारको अनुगमन

पथरी । हरियाली सामुदायिक वन लि. पथरी शनिश्चरेमा निर्माण भएको स्वीमिङ पुल, पार्किङ, किचन लगायतको पूर्वाधारको अनुमगन गरिएको छ । नगरपालिकाको उप–प्रमुख तथा अनुगमन समितिको संयोजक देवीमाया काफ्ले, नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई र नगरका प्राविधिकहरूको टोलीले अनुगमन गरेको हो । बन र संघीय पर्य...

ओहो ! नेसेलुङ

  मिक्लाजुङ मोरङमा रहेको नेसेलुङ भ्यू टावरबाट कैद गरिएको रमणीय दृश्य । तस्वीरहरु: सुमन लावती ।  ...

प्रायोजित समाचारप्रति शान्तिद्वारा खण्डन

पथरी । शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेले झुटो र प्रायोजित स्टाटस, समाचार लेख्ने व्यक्तिलाई ‘समाज विरोधी तत्व’ को रूपमा चित्रण गरेको छ । शनिबार समूहले पत्रकार सम्मेलन गर्दै केही दिन अघि झुटो समाचार र स्टाटस लेखेको भन्दै प्रमाणित नहुने म्याटर बनाउने व्यक्तिलाई सो संज्ञा दिएको हो । समूह विरुद्ध प्रायोजित ...

लिम्बुनी पुलको प्रेमकथा

पश्चिम सुर्खेतका बासिन्दा दलवीर सिंह र उनले बनाएको झोलुङ्गे पुलहरूको चर्चा गर्दा पश्चिम नेपाल मुख्यतया कर्णालीवासीहरूको उत्साह देखियो । दलवीरको ’वाह वाह’ गर्नेहरू धेरै भेटिए । उनको जन्मस्थल रहेको गुराँस गाउँपालिका तथा प्रदेश सरकार पनि सचेत भएको देखियो । तर, यस किसिमका उत्साही र समाजप्रति निःस्वार्थ भावले पुल बनाइदिने अ...

मुक्कुमलुङ प्राचीन नाम हो, पाथीभरा होइन

पृष्ठभूमी नेपालका आदिवासीमध्ये याक्थुङ लिम्बू जातिहरु प्राचिन जाति हुन् । आजको लिम्बुवान भूमिमा सर्वप्रथम यो ठाउँको भूमिको जल, जमिन र जंगलको उपभोग गर्ने, यहाँका भूमि प्रयोग गर्ने जति पनि पूर्वी लिम्बुवान भूमिमा परम्परादेखि बसोबास गर्दै आएका याक्थुङ लिम्बू जातिहरु नै रैथाने जाति हुन् । जब, यो भूमिमा आवदी गर्दै बस्दै आए...

पर्यटकको रोजाईमा मि–लुङ झरना

मि–लुङ झरना पान्थरको हिलिहाङ गाउँपालिका ३ र ४ को सिमानामा रहेको छ । पछिल्लो समय सडक पुगेसँगै मनमोहक मि–लुङ झरना पर्यटकको रोजाईमा पर्न थालेको छ । र दैनिक जसो स्थानीय पर्यटकहरु पुग्ने गरेको छन् । मि–लुङ नाम कायम हुनुपर्ने माग स्थानीयबासी लगायत लिम्बूजन्य संघ संस्थाले पहिलाबाटै राखिएको नाम, भन्दै आएको र सुनि आएको ना...