भाषाकाे नामबारे पुनर्विचार गर्नुपर्ने जिकिर 

विजयपुर । नेपाली भाषाकाे नामउपर पुनर्विचार गर्नुपर्ने बहस सुरु भएको छ । भाषाकाे नाम सच्याउन र साहित्यकाे परिभाषा गर्नुपर्ने आवश्यकता भएको भन्दै भाषाकाे पुनःनामाङ्कन गर्नुपर्ने अभियन्ताहरू ओैँल्याएका छन् । बिहीबार धरानको हाेटल पूर्वी स्टारमा भएको 'किन नेपाली भाषाको नाम खसजुम्ली/गाेर्खा/पर्वते/पहाडिया कायम गर्ने' विषय...

भिटाभिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु

पथरी । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकामा आजदेखि बालबालिकालाई भिटाभिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ । आज र भोलि ६ देखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन थालिएको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिए ।...

रेडस्टार माविद्वारा नयाँ आगन्तुक विद्यार्थीहरूलाई स्वागत 

पथरी । रेडस्टार माध्यमिक विद्यालय पथरी शनिश्चरेले मंगलवार नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ। कक्षा- १२ मा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र-२०८१ का लागि कक्षा ११ मा भर्ना हुने नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका छन् । कार्यक्रममा कमेडी च्याम्पियनका संस्थापक निर्णायक ( जज ) समेत रहेका नेपाली हाँस्य ...

पशुपतिद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री र पूर्व पदाधिकारीलाई सम्मान

पथरी । जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री र पूर्व पदाधिकारीलाई सम्मान गरेको छ। मोरङको पथरीशनिश्चरे—१० स्थित पशुपति सामदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारण सभामा सो कार्यक्रम गरिएको हो। उपभोक्ताका २५ जना जेहेन्दार छोराछोरीलाई शैक्षिक सामाग्री स्वरुप स्कुल व्याग र विद्यालय पोषाक स्वरुप जनही १५ सय रुपैयाँ प...

विद्यालय टोली सुझाव संकलन गर्न घरघरमा

पथरी । दुर्गा माध्यमिक विद्यालय पथरी शनिश्चरे ७ को टोलीले सुझाव संकलन गर्न घरदैलो अभियान गरिरहेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, अभिभावक र सरोकारवाला सेवा क्षेत्र भित्रको प्रत्येक घरमा हिंडिरहेको हो । असोज ११ गतेबाट सुझाव संकलन गर्न सुरु गरेको घरदैलो अभियान दैनिक...

वडा नम्बर ४ को शिशु स्वागत कार्यक्रम

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले विधिवत रुपमा नव आगन्तुक शिशुलाई स्वागत कार्यक्रमको सुरुवात गरेको छ । बिहिवार वडामा नवआगन्तुक शिशुलाई स्वागत कार्यक्रमको विधिवत रुपमा शुभारम्भ गरिएको वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण)ले जानकारी दिए।वडाको शुक्रबारेका बाबुराम राई र कविता राईको शिशुलाई वडाले स्वागत गरेको हो...

लेटाङमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त

लेटाङ (मोरङ) १६ अशोज । लेटाङ नगरपालिका अन्तर्गत श्री सूर्य प्राथमिक विद्यालय, लेटाङ ५, मा खुला प्रतिस्पर्धाबाट राजु गौतम प्रधानाध्यापकको रुपमा नियुक्त भएका छन्। 'लेटाङ नगरपालिका प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि २०८०' अनुसार विद्यालयमा रिक्त पदमा गौतमको नियुक्ति भएको यो पहिलो हो। मोरङ जिल्लामा प्रधानाध्याप...

सुनाखरी माविमा शुभकामना प्रदान

पथरी । सुनाखरी मावि पथरी शनिश्चरेले बुधबार विद्यार्थीहरुलाई चक्लेट र दक्षिणा स्वरुप नगद दिएर शुभकामना व्यक्त गरेको छ । विद्यालयमा दशैको शुभकामना आदान प्रदानसँगै विद्यार्थीलाई चक्लेट र अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक भूमिकादेवी मगरले दक्षिणा स्वरुप हरेक विद्यार्थीलाई नगद वितरण गरेका थिए । विद्यालयका शिक्षक बलरा...

विद्यालयमा फोलिक एसिड वितरण

पथरी । अमरसिंह मावि पथरी शनिश्चरेमा छात्राहरुलई आइरन तथा फोलिक एसिड वितरण गरिएको छ । आज स्वास्थ्य चौकी हसन्दहको आयोजनामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत किशोरीहरुलाई आईरन तथा फोलिक एसिड वितरण गरिएको हो ।...

काँग्रेस–एमाले गठबन्धन हाऱ्यो

कानेपोखरी । श्री माध्यामिक विद्यालय होक्लाबारी कानेपोखरीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ । निर्वाचनका लागि काँग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा भएको थियो । समितिका चार सदस्यका लागि आइतबार भएको निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गरेको थियो । व्यवस्...