पौडी खेल्ने क्रममा एकको मृत्यु

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१८ मा पौडी खेल्ने क्रममा १ जना किशोरको डुवेर मृत्यु भएको छ । शनिवार दिउँसो बिराटनगर-१८ का छोटेलाल शर्माको १४ बर्षीय छोरा राज शर्मा करिव १५/२० फुट गहिरो खाडलमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको हो । मृतक लाशलाई प्रहरी र स्थानीयबासीको सहयोगमा पानीबाट बाहिर निकाली पोष्टमार्टमको...

रूखबाट खसेर पथरीमा एक जनाको मृत्यु

शनिश्चरे शिविर । मोरङको पथरी शनिश्चरे १० स्थित भुटानी शरणार्थी शिविरका ५० वर्षीय पूर्ण बहादुर गुरुङ्गको रूखबाट खसेर मृत्यु भएको छ। पशुपति सामुदायिक वन उपभोक्ता समूहमा घाँस लिन शनिवार गएको गुरुङ साँझ सम्म फर्केर आएनन्। त्यसपछि छरछिमेकीहरूले खोज्न जाँदा वन भित्र मृत अवस्थामा भेटेका थिए।...

तेस्रो सिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिता: यलम्बर एफ सी र आयोजकले जित्यो

सिरिजङ्गा चोक । तेस्रो सिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिताको तेस्रो दिन पनि दुई खेल भएको छ । पहिलो खेलमा यलम्बर एफ सी ले नालबारी युवा क्लबलाई ३-२ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रबेश गरेको छ । दोस्रो खेलमा ए डिभिजन लिगका खेलाडी सम्मिलित आयोजकले राइजिङ स्टारलाई ४-१ गोल अन्तरले हरायो। ...

तेस्रो सिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिता: भोटेघुम्ती र सुनझोडा दोस्रो चरणमा

सिरिजगा चोक । तेस्रो सिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा भोटेघुम्ती र सुनझोडा एफ सी दोस्रो चरणमा पुगेको छ। भोटेघुम्तीले कालिका एफ सी लाई पेनाल्टीमार्फत ५-४ गोल अन्तरले पराजित गऱ्यो । यस अघि दुई टोलीले २-२ गोलको बराबरी खेलेको थियो। त्यस्तै दोस्रो खेलमा सुनझोडा एफ सी ले स्वतन्त्र युवा क्लबलाई ३-० ल...

तेस्रो शिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिता: सप्तरंगी र कल्याणको बिजयी सुरुवात

सिरिजंगा चोक । मोरङ्गको पथरीशनिश्चरे-३ मा तेस्रो शिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिता सुरू भएको छ। जेठ ३ गतेवाट सुरू खेलमा आयोजक शिरिजङ्गा एफ सी पराजित बन्यो । सप्तरंगी एफ सी सडनडेथमा ६-५ गोल अन्तरले विजयी भयो। खेलको पहिलो हाफमा आयोजक शिरिजङ्गा एफ सी का खेलाडी संयोग थापाले एघारौं मिनेटमा उत्कृष्ट गोल लगाउँदै अग्रता का...

को को मन्त्री बन्न सफल भए ?

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ शुक्रवार लिएका छन् । नवनियुक्त मन्त्री हरुलाई पद तथा गोपनियताको शपथ प्रदेश प्रमुख माननीय परशुराम खापुङले र नवनियुक्त राज्यमन्त्री लाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पद तथा गोपनियताको शपथ गराएका हुन् । विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक...

प्रहरीद्वारा २ जनालाई गोली प्रहार

सुनसरी । जिल्लाको रामधुनी नगरपालिका-६ ईचौलबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । जेष्ठ ३ गते साँझ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खट...

वार्षिक योजना निर्माण कार्यशाला

पथरी । सामाजिक विकास मन्त्रालय र पथरी शनिश्चरे नगरपालिकाको द्वीपक्षीय लागत साझेदारी तथा करुणा फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा संचालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको आ.व. २०८१/८२ को लागि वार्षिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । आज नगरपालिकामा भएको सो कार्यशालामा छलफल गरिनुका साथै बालबालिका शाख...

वडा नं. ७ बासीले व्यूटीपार्लर तालिम लिए

पथरी । पथरी शनिश्चरे वडा नं. ७ ले व्यूटीपार्लर तालिमको आयोजना गऱ्यो । चैत २८ गतेदेखि सुरु गरिएको तालिमको आज वडा कार्यालयको सभाहलमा समापन गरिएको हो ।वडा अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । वडाका २२ जना महिलाहरुले तालिम लिएका थिए । प...

मोटरसाईकल अनियन्त्रित, १ जनाको मृत्यु

झापा। जिल्लाको दमक नगरपालिका -३ स्थित भित्री सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलवार साँझ ५ बजे ताराबारीबाट गोलाटार तर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प ८७३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएको थियोे । दुर्घटना हुँदा मोटरसाईकल चालक झापाको मेची नगरपालिका-५ का ३० बर्षीय सुनि...