बनले समूह संचालन तथा बन व्यवस्थापन गर्न सिकायो

पथरी । समुह संचालन तथा बन व्यवस्थापन सम्बन्धी १ दिने प्रशिक्षण सम्पन्न भएको छ । आइतबार सामुदायिक वन उपभोक्ता महासङघ नगर समिति पथरी शनिश्चरे मोरङको आयोजनामा नगर अवस्थित बन समूहका अध्यक्षलगायत ५/५ जना गरि कुल ६० सहभागीलाई प्रशिक्षण गराएको हो । महासङ्घका प्रदेश सदस्य अग्नी पौडेल प्रशिक्षक रहेको कार्यक्रममा महासङघकी...

एसइईको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसइई) को नतिजा सार्वजनिक गरेको छ। बिहिवार ४ बजे नतिजा सार्वजनिक गरेको हो। बोर्डको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको थियो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रका बिष्णुनारायण श्रेष्ठले दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर नतिजाबारे जानकारी दि...

भू.पू्. सैनिकलाई कक्षा ११ संचालनको लागि स्वीकृत 

पथरी । भुपु सैनिक अंग्रेजी स्कुल पथरी शनिश्चरे १ लाई  व्यवस्थापन संकायमा कक्षा ११ संचालन गर्न अनुमति पाएको छ ।  पथरी शनिश्चरे नगरपालिकाले शैक्षिक सत्र २०८०/०८१ देखि कक्षा ११ को पठनपाठन सुरु गर्न अनुमती दिएको हो। वि.सं.२०५४ मा स्थापना भएको विद्यालयलमा ५ सय ८० विद्यार्थी र ३५ शिक्षक कर्मचारी रहेका छन् । ...

पहिलो नागरिक धिमाललाई उद्घोषण तालिम 

पथरी । पहिलो जाति धिमाल समुदायका युवाहरुको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको उद्घाटन भएको छ । नगरपालिकाको सहयोगमा भएको तालिम पहिलो नागरिक धिमाल व्यवस्थापन समितिको आयोजनामा गरेको हो । तालिममा १० वटा धिमाल टोलका प्रतिनिधिहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा वडा नं. ८ का अध्यक्ष एवं नगरका प्रवक्ता नविन कार्क...

अनसाईट कोचिङ क्लिनिकल मेन्टोरिङ कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा बर्थिङ सेन्टरमा कार्यरत प्रसुति सेवा प्रदायकहरुलाई एम.एन.एच. सम्वन्धी अनसाईट कोचिङ क्लिनिकल मेन्टोरिङ कार्यक्रम सम्पन्न भएको छ । बुधबार पथरी नगर अस्पतालमा सो कार्यक्रमको समापन गरिएको हो ।  कार्यक्रम असार ४ गतेदेखि सञ्चालन भएको थियो ।  कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापो, नग...

जनजातिलाई सीप विकास तालिम

पथरी ।नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समितिको आयोजनामा पाँच दिने सिप विकास तालिम सुरु भएको छ । आजबाट आदिवासी जनजातिहरुको लागि नेतृत्व विकास, भाषण कला तथा माइन्युट लेखन तालिम सुरु भएको हो । तालिम पथरी शनिश्चरे नगरपालिकाको सहयोग सम्पन्न भइरहेको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर अध्यक्ष देबेन्द्र व...

पाँच दिने मेलमिलाप तालिम सकियो 

पथरी । पथरी शनिश्चरे नगरपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलापकर्ताहरुका लागि ५ दिने मेलमिलाप तालिमको समापन भएको छ । सोमबार नगरपालिकाको सभाहलमा न्यायिक समितिका संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा सो तालिमको समापन भएको हो । तालिममा सहभागीको तर्फबाट रुकमणि बजगाई र दुर्गा प्रसाद सिटौलाले आफ...

नगर अस्पतालमा फिजियोथेरापी सेवा सुरु

पथरी । पथरी नगर अस्पताल पथरी शनिश्चरे मोरङमा फिजियोथेरापी सेवा सुरु भएको छ । आइतबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो र उप प्रमुख देबिमाया काफ्लेले रिवन काटेर सो फिजियोथेरापी सेवाको सुरुवात गरे । सो कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा नं. २ का अध्यक्ष नैना राई, कार्यपाल...

कमर्स क्याम्पसमा मञ्च

काठमाडौ । लिम्बू बिद्यार्थी मञ्चले नेपाल कमर्स क्याम्पस मिनभवनमा शाखा समिति बिस्तार गरेको छ । मञ्चकाे केन्द्रीय उपाध्यक्ष रेखा लाओतीकाे प्रमुख आतिथ्यमा भएको भेलाले बिबेक आङवोको अध्यक्षतामा शाखा समिति गठन गरेको हो । समितिको उपाध्यक्षद्वयमा समीर पन्धाक लिम्बु र रोमिका लिम्बू, सचिवमा जितेन इजम लिम्बू, सहसचिवद्वयमा आयुष...

लिम्बु भाषाको पाठ्यपुस्तक वितरण

पथरी । किरात याक्थुङ चुम्लुङ ईजरायलले पथरी शनिश्चरेका लिम्बु भाषा शिक्षण गर्दै आएका २ विद्यालयका विद्यार्थीहरुलाई  पाठ्य पुस्तक उपलब्ध गराएको छ । सोमबार पालिकाको वडा नम्बर ७ मा रहेको चन्द्र किरातेश्वर माध्यमिक विद्यालय र वडा नम्बर ४ मा रहेकोे भागीरथ  माध्यमिक बिद्यालयलाई पुस्तक उपलब्ध गराएको हो । चन्द्रमा कक्षा १ ...