ट्याक्टर चालकको मृत्यु

संखुवासभा । जिल्लाको चिचिला गाउँपालिका-२ छ्याकुटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आईतवार दिउँसो चिचिलाबाट खाँदवारी तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १८८३ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा चालक स्थानीय ३२ बर्षीय दावा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको ...

वडा कार्यालयद्वारा आठ व्यक्ति सम्मानित

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ ले ‘वडाको सोच नव–प्रतिभाको खोज’ कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । सोमबार वडा कार्यालयमा वडाका प्रतिभावान व्यक्तिहरुलाई सम्मान गरिएको हो । गायन अभिषेक लिम्बु, कलाकार राम वि.क., फुटबल खेलाडी जमुना आले मगरलाई सम्मान गरेको हो । रनिङतर्फ इशा मगर र राम खड्का, चिकित...

डुबेर बालिकाको मृत्यु

झापा । जिल्लाको शिवसताक्षी नगरपालिका-७ मा रहेको कन्काई सिचाई आयोजनाको नहरमा डुबेर बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे स्थानीय राजबिर ऋषिदेवको १४ बर्षिया छोरी सन्जु ऋषिदेवको नहरमा नुहाउने क्रममा मृत्यु भएको हो । अपरान्ह ४ बजे नहरमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए । घटनाबारे जानकारी पाउना...

मोवाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु तेह्रथुम

तेह्रथुम । जिल्लाको लालीगुराँस नगरपालिका-५ दागपा स्थितमा मोवाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ । हिजो राती साढे ७ बजे स्थानीय कालु बहादुर लिम्बुको ८ बर्षिय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोवाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका बालक...

रेडियो तमोरकी मनु माबो सम्मानित

ताप्लेजुङ । टिकाराम गौतम स्मृति प्रतिष्ठानले रेडियो तमोरमा कार्यरत मनु माबो लिम्बू सम्मानित भएकी छिन् । स्व. गौतमको जन्मजयन्तिको अवसरमा आयोजित सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा माबोलाई प्रतिष्ठानले नगद १० हजार १ सय ५ रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरिएको हो । हरेक वर्ष एक जना सञ्चारकर्मी, सामाजिक व्यक्तित्व र...

दमकका युवा विद्यार्थीहरु च्याब्रुङ नाच्न सिक्दै

दमक । ‘अस्तित्वसँगै संस्कृतिको उत्थान, मौलिकता जोगाउनको निम्ति के:लाङ प्रशिक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बिहिबारबाट के:लाङ(च्याब्रुङ नाच) प्रशिक्षण सुरु भएको छ । झापाको दमक स्थित किरात भवनमा याक्थुङ युुवा मञ्च दमक नगर कार्यसमिति र लिम्बू बिद्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस शाखा समितिको संयुक्त आयोजनामा क...

आगलागी नियन्त्रण सम्वन्धी तालिम

पथरी । चैत बैशाख महिनामा हावा हुरी आउने भएकाले सावधानी अपनाउन आगलागी नियन्त्रकहरुलाई एक दिने तालिम दिएको छ । पथरी शनिश्चरे नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाले आयोजना गरेको सो तालिमको प्राविधिक सहयोग भने सशस्त्र प्रहरी सुरक्षा वेस लक्ष्मीमार्गले गरेको हो । कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, योजना ...

खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम

पथरी । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाले मंगलबार सम्पन्न भएको छ । नगर प्रमुख एवम् खोप व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा १० वटै वडाका खोप व्यवस्थापनका बारेमा छलफल भएको थियो । हालै सम्पन्न भएको दादुरा रूवेला विरूद्धको खो...

अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु

पथरी । इलाम, ओखलढुंगा र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु छ । मङ्गलबार दिउँसो इलामको माङसेबुङ गाउँपालिका-४ स्थित रबी-दमक सडक खण्डमा को.३७ प ९२८१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव २५ फिट तल खसि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक भोजपुर खावाका ५७ बर...

संचार विधेयकले समग्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिनेछ: राज्य मन्त्री गुरुङ

इटहरी । आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता गुरुङले प्रदेश सभाले ल्याउन लागेको संचार विधेयकले समग्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने दाबी गरेकी छिन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश समितिले इटहरीमा आयोजनामा प्रदेशस्तरीय महिला पत्रकार भेलालाई सम्बोधन गर्ने क्रममा उनलेे सो कुरा बताएकी हुन् ।...