पथरी । साना किसान कृषि सहकारी संस्थाको आयोजनामा २१ औं राष्ट्रिय धान दिवस २०८१ मनाएको छ । आज पथरी शनिश्चरे वडा नं. ६ को गेलाबारीमा सामुहिक धान रोपेर २१ औं राष्ट्रिय धान दिवस मनाइएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापो, कृषि शाखा प्रमुख सविना राई लगायत सहकारीका पदाधिकारीहरु र जनप्रतिनिधिहरुले सामुहिक रोपाइ गरेका हुन्...






