सहिद रत्न कुमार वान्तवा तेस्रो रास्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

पथरी । मोरङको पथरी शनिश्चरेमा सहिद रत्न कुमार वान्तवा तेस्रो रास्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता आजदेखि सुरु भएको छ । मङ्गलबार फ्रेन्डसीप चेस क्लबद्वारा आयोजित प्रतियोगिताको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उदघाटन गरेका छन् । `सृजनशील र स्वस्थ्य दिमागको लागि बुद्धिचाल' भन्ने नाराको साथ ...

कुटपिट गर्दा बुबाको मृत्यु

खादबारी । संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । सोमबार साँझ साढे ६ बजे ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद भएको थियो । विवादमा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम...

पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया हुने

दमक । याक्थुङ युवा मंच झापाले पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। चैत ३० गते शुक्रबार किरात भवन दमकमा नयाँ सालको क्यालेन्डर विमोचनसहित अन्तरक्रिया कार्यक्रम हुने मंचका झापा अध्यक्ष देबीबहादुर निङ्लेकु(प्रताप) ले जानकारी गराए । कार्यक्रम किरात याक्थुङ चुम्लुङ्का संघीय अध्...

एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि संकटमा प्रदेश सरकार

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सत्तारूढ नेकपा एमाले र नेकपा माओवादीका सांसदहरूले केदार कार्की नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी गराएका छन् । सोमबार साझ नेकपा एमाले संसदीय दलका नेता हिकमत कुमार कार्की र नेकपा माओवादीका संसदीय दलका नेता इन्द्र आङ्बो मौसमको नेतृत्वको टोलीले समर्थन...

साइकल यात्रीको मृत्यु

बिराटचोक । मोरङको सुन्दरहरैचा नगरपालिका-८ स्थित पूर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गर्दा साईकल यात्रीलाई ठक्कर दिएको थियो । घाइते स्थानीय ७९ बर्षीय डम्बरु प्रसाद निरौलाको बिराटनगरक...

प्रदेश सरकारबाट माओवादी बाहिरिने

बिराटनगर । कोशी सरकारबाट सत्तारूढ नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । सोमबार बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।  माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोअनुसार आजै बैकल्पिक सरकारको दाबी प्रदेश प्रमुखकोमा गर्ने निर्णय पनि गरेको छ ।...

सब्जी बोक्ने ट्रकबाट गाँजा बरामद

धनकुटा । जिल्लाको साँगुरीगढी गाँउपालिका-६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । आईतवार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले को १ ख ३२९४ नम्बरको मिनिट्रकबाट ५ सय ४४ केजी लागुऔषध गाँजा बरामद गरेको हो । ग...

योजना तथा कार्यक्रमको अनुगमन

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले योजना तथा कार्यक्रमहरुको अनुगमन गरिएको छ । आइतबार पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख तथा अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा योजनाहरुको अनुगमन गरिएको हो । वडा नं. १ को पेवल जडान, पथरी बहुमुखी क्याम्पसको ग्राउण्ड निर्माण, वडा नं. ९ को नव प्रतिभा सामाजिक भवन, वडा नं....

कुमारीले क्यान्सर पीडित महिलालाई सहयोग गर्‍यो 

पथरी । पित्तथैली क्यान्सर पीडित झुमाई धिमाललाई कुमारी बैंक, पथरी शाखाले आर्थिक सहयोग प्रदान गरेको छ। आइतवार पथरी शनिश्चरे १ कि क्यान्सर पीडित धिमालकै निवासमा पुगेर पीडित महिलालाई बैंकले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। पथरीशनिश्चरे -१ का वडाध्यक्ष भीमकुमार राईको हातबाट शाखा प्रमुख माधवप्रसाद खरेलले पीडित मह...

लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट प्रहरी टोलीले झापा गाउँपालिका-४ बाट झापा गाउँपालिका-७ का २५ बर्षीय सुनिराम हेमरन र २१ बर्षीय हिरण राजवंशीलाई ६० ग्राम २४ मिलिग्राम लागुऔषध ब्रउनसुगर सहित पक्राउ ग...