क्षयरोगीहरुलाई पौष्टिक आहार

पथरी ।  नव क्षयरोगका विरामीहरुलाई उपचार अवधिभर पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार  पथरी शनिश्चरे नगरपालिका र स्वास्थ्य कार्यालय मोरङको आयोजनामा नगरपालिकाम १४ जना क्षयरोगका विरामीहरुलाई पौष्टिक आहार वितरण गरिएको हो । सो कार्यक्रमको सहयोगी संस्था बीएनएमटी नेपाल, सावित्रा बस्नेट र ब्रिटेन नेपाल ट्रष्...

लागुऔषध सहित १० जना पक्राउ

बिराटनगर । प्रहरीले छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित १० जनालाई पक्राउ गरेको छ । झापा र मोरङबाट ती व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेका हुन् । बुधबार  बेलुका साढे ७ बजे झापाको मेचिनगर नगरपालिका- ६ बाट लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको ...

जर्सी तथा टिसर्ट वितरण

बिराटनगर । नगर खेलकुद विकास समिति पथरी शनिश्चरेद्वारा १४ औं राष्ट्रपति रनिह सिल्ड प्रतियोगितामा सहभागी हुनका लागि खेलाडीहरुलाई जर्सी तथा टिसर्ट वितरण गरिएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिकाबाट छनौट भएका ९८ जना खेलाडीहरूका लागि जर्सी तथा टि सर्ट वितरण गरिएको हो । नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, सदस्य लोकसा...

कीर्तिपुरमा अस्थायी प्रहरी पोष्ट स्थापना

कीर्तिपुर । मोरङको पथरी शनिश्चरे ७ कीर्तिपुरमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बुधबार अस्थायी प्रहरी चौकी कीर्तिपुर उद्घाटन समारोहको कार्यक्रम गरि चौकी स्थापना गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापो र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले चौकी उद्घाटन गरेका छ...

करेन्ट लागेर १ जनाको मृत्यु

बिर्तामोड । झापाको बाह्रदर्शी गाउँपालिका- ६ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मङ्गलबार दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरीको टो...

सत्यनारायण बहादुर श्रेष्ठ पत्रकार महासंघको संस्थापक अध्यक्ष हुन्: फोनिज 

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासङघको प्रदेश शाखा र जिल्ला जिल्लाहरुलाई आज ज्ञापनपत्र बुझाएको छ। फोनिजको प्रदेश समिति र विभिन्न जिल्ला शाखाहरुले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका ...

नगरपालिकाले गर्‍यो अर्धवार्षिक समीक्षा 

पथरी । आर्थिक वर्ष २०८०/०८१ को अर्ध वार्षिक समीक्षा पथरी शनिश्चरे नगरपालिकाले गरेको छ । सोमबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, लेखा शाखा प्रमुख पिताम्वर वस्ती, वडा अध्यक्षहरु, वडा सचिव, कार्यपालिका सदस्य र नगरका शाखा प्रमुखहरूले समीक्षा गरेका हुन् । समीक्ष...

चुम्लुङ जापानको अध्यक्षमा तुम्सा निर्वाचित

जापान । किरात याक्थुङ चुम्लुङ जापानको छैटौ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। टोकियो ओकुबो स्थित काठमाण्डौ लञ्च एण्ड बारमा  सम्पन्न महाधिवेशनले मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय  कार्यसमिति चयन गरेको छ। समितिको वरिष्ट उपाध्यक्षमा बालबिक्रम तिगेला, उपाध्यक्षमा रेखा तुम्बाहाम्फे र दुर्गा नेम्बाङ, महासचि...

आन्दोलनको जगमा बालकल्याण माबिको अध्यक्षमा लुइँटेल निर्वाचित

नवनिर्वाचित अध्यक्ष लुइँटेल विद्यार्थीको अग्रपंक्तिमा । कीर्तिपुर । बालकल्याण माध्यामिक विद्यालय पथरी शनिश्चरे ७ मोरङमा बिद्यालय व्यवस्थापन समितिको नेतृत्व चयन गरिएको छ । सोमबार बिहान् बसेको समितिको बैठकले लोकनाथ लुइँटेल(प्रताप) लाई अध्यक्षमा चयन गरेको हो । शिक्षा ऐन २०२८ ले सामुदायिक बिद्यालय संचालन, रेखदेख व्यवस्थापन...

३० जना कृषकले बेमौसमी तरकारी खेती गर्न सिक्यो

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा ३ दिने नगरस्तरीय बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ । फागुन ११ देखि आइतबारसम्म सम्पन्न तालिममा सबै वडाका ३ जनाका दरले ३० जना कृषकहरुले तरकारी खेती गर्न सिकेका थिए ।...